Monday, August 3, 2009

प्रदेशी जीवन

प्रदेशी जीवन

फर्किदैन भन्ने गर्थे बगिजाने खोला

परदेसिको जीवनमा सुख कैले होला |

दु:खै दु:खमा बित्ने भयो पुर जीन्दगानी

आँफैलाई भार भयो आफ्नो जीवन पनि ||

मरी मरी काम गर्‍यो तलब आउने दिन गन्दै

साऊले फेरी गाली गर्छ आर्को महिना दिऊला भन्दै |

घरबाट फोन आउछ घरमा खाने खर्चो छैन

प्रदेशी जीवनमा सुख कहिल्यी हुने भएन ||

आसुँ पुच्ने धोको थियो तिनी बुढा बाबुको

तिर्न पनी सकियन बीयाज पनी साऊको |

दिन दिनै साऊ आई गर्छ आर गाली

हामी जस्तो प्रदेशीको कैले आउंला पाली ||

राम्रो लाउने मिठो खाने सबैको हुन्छ इछा

प्रदेशिको जीवन भने दु:खै दु:खमा बित्छ |

सुख कहिले देख्न नपाई जान्छ क्यारे सास

प्रदेशिको जीवन भन्नु रहेछ जीउदो लास ||